१. उपचारात्मक, निवारक तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा प्रवाह गर्नु आकस्मिक, बहिरंग तथा अन्तरंग स्वास्थ्य सेवा २४ सै घण्टा नियमित रूपमा सञ्चालन गर्नु। गुणस्तरीय, सुरक्षित तथा प्रभावकारी उपचार सेवा उपलब्ध गराई जनस्वास्थ्य संरक्षणमा योगदान पुर्याउनु। २. निदानात्मक तथा परीक्षण सेवा सञ्चालन गर्नु प्रयोगशाला, रेडियोलोजी तथा अन्य आवश्यक निदानात्मक परीक्षण सेवाहरू सञ्चालन गर्नु। समयमै यथार्थपरक निदान सुनिश्चित गरी उपचार प्रक्रियालाई प्रभावकारी बनाउनु। ३. मातृ, नवजात, शिशु तथा बाल स्वास्थ्य सेवा प्रदान गर्नु गर्भवती जाँच, सुरक्षित सुत्केरी, नवजात शिशु उपचार तथा मातृ प्रतीक्षा गृह सेवा सञ्चालन गर्नु। मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा योगदान पुर्याउनु। ४. औषधि तथा सहायक स्वास्थ्य सेवा सुनिश्चित गर्नु २४ सै घण्टा फार्मेसी तथा सोधपुछ (Help Desk) सेवा सञ्चालन गर्नु। अक्सिजन तथा अन्य आवश्यक औषधि र चिकित्सकीय सामग्रीको नियमित उपलब्धता सुनिश्चित गर्नु। ५. विशेषीकृत तथा सन्दर्भ सेवा सञ्चालन गर्नु हेमोडायलाइसिस, Medico-Legal, OCMC तथा Blood Bank जस्ता विशेषीकृत सेवाहरू सञ्चालन गर्नु। आवश्यकताअनुसार बिरामीलाई उच्च तहका स्वास्थ्य संस्थामा सन्दर्भ गर्नु। ६. निःशुल्क तथा सामाजिक सुरक्षा लक्षित स्वास्थ्य सेवा प्रदान गर्नु लक्षित वर्गका नागरिकहरूका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नु। सामाजिक सेवा इकाइमार्फत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु। ७. सरकारी स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य बीमा कार्यान्वयन गर्नु स्वास्थ्य बीमा कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम तथा अन्य सरकारी स्वास्थ्य कार्यक्रमहरू कार्यान्वयन गर्नु। कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमार्फत सेवा उपयोग तथा पहुँच वृद्धि गर्नु। ८. महामारी, विपद् तथा आपतकालीन व्यवस्थापन गर्नु EWARS, MPDSR, Rapid Response Team लगायतका कार्यक्रमहरू सञ्चालन गर्नु। महामारी तथा आकस्मिक अवस्थाको पूर्वतयारी, प्रतिकार्य तथा नियन्त्रण कार्य गर्नु। ९. मानव स्रोत व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्नु स्वास्थ्यकर्मी तथा कर्मचारीहरूका लागि CME/CPD लगायतका तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्नु। सेवा प्रवाहको गुणस्तर अभिवृद्धिका लागि दक्ष र उत्तरदायी जनशक्ति विकास गर्नु। १०. सूचना व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन गर्नु HMIS लगायतका स्वास्थ्य सूचना प्रणालीमार्फत तथ्यांक संकलन, प्रमाणीकरण तथा विश्लेषण गर्नु। सेवा प्रवाहको नियमित अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्नु। ११. आर्थिक, प्रशासनिक तथा संस्थागत सुशासन कायम गर्नु वित्तीय व्यवस्थापन, प्रशासनिक कार्य सञ्चालन तथा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्नु। पारदर्शिता, जवाफदेहिता तथा उत्तरदायित्व सुनिश्चित गर्नु। १२. भौतिक पूर्वाधार विकास तथा मर्मत–सम्भार गर्नु अस्पताल भवन, उपकरण तथा अन्य भौतिक संरचनाको नियमित मर्मत–सम्भार गर्नु। सेवा विस्तार तथा गुणस्तर सुधारका लागि आवश्यक भौतिक पूर्वाधार विकास गर्नु।