ताजा सूचना
कार्यालय खुल्ने समय: बिहान ९:०० बजे देखि ५:०० बजे सम्म

परिचय

  •  /
  • परिचय

रामेछाप अस्पताल बागमती प्रदेश, रामेछाप जिल्लामा अवस्थित बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको मातहतमा सञ्चालन रहेको जिल्लाकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्था हो। अस्पतालको मुख्य उद्देश्य स्थानीय समुदायलाई गुणस्तरीय, पहुँचयोग्य र समग्र स्वास्थ्य सेवा प्रदान गर्नु हो। यसले स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्थानीय स्वास्थ्य संस्थाहरूको रेफरल अस्पतालको रूपमा कार्य गर्दै आएको छ। अस्पताल ५४-३-१४ रोपनी क्षेत्रफलमा फैलिएको छ र हाल ५० शैयासम्म सेवा प्रदान गर्दै आएको छ। यहाँ न्यून शल्यक्रिया, नवजात शिशु उपचार, डायलाइसिस सेवा, पेडियाट्रिक इंटेन्सिभ केयर युनिट (PICU), जनरल वार्ड र सामाजिक सेवा इकाई जस्ता अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध छन्। रामेछाप अस्पताल जिल्लाभरका स्वास्थ्य संस्थाहरूको मार्गदर्शन गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेलिरहेको छ र स्थानीय समुदायको स्वास्थ्य पहुँच विस्तारमा निरन्तर अग्रणी बनेको छ।

Back to Top