रामेछाप अस्पतालको परिचय

गुणस्तरीय, सर्वसुलभ तथा सेवाग्राहीमैत्री स्वास्थ्य सेवाप्रति प्रतिबद्ध

None

रामेछाप अस्पतालको परिचय

वाग्मती प्रदेश, रामेछाप जिल्ला, रामेछाप नगरपालिका–८, रामेछाप बजारमा अवस्थित रामेछाप अस्पताल वाग्मती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय अन्तर्गत सञ्चालित एक प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्था हो। यस अस्पतालले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूबाट प्रेषित सेवाग्राहीहरूलाई विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै रेफरल अस्पतालका रूपमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

करिब ५४–३–१४ रोपनी क्षेत्रफलमा फैलिएको यस अस्पतालले स्थानीय समुदाय लगायत जिल्लाभरका सेवाग्राहीहरूलाई सर्वसुलभ, न्यून शुल्कमा गुणस्तरीय, प्रभावकारी तथा सेवामुखी स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालबाट उपचारात्मक, प्रतिकारात्मक तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवाका साथै आकस्मिक तथा आवश्यकतानुसार विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रदान गरिन्छ।

स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारितालाई प्राथमिकतामा राख्दै रामेछाप अस्पतालले जिल्लाका स्वास्थ्य संस्थाहरूसँग समन्वय तथा सहकार्य गर्दै स्वास्थ्य सेवाको प्रमुख प्रेषण केन्द्रका रूपमा समेत कार्य गर्दै आएको छ। सीमित स्रोत–साधनका बीच उपलब्ध जनशक्ति तथा प्रविधिको अधिकतम उपयोग गरी सेवाग्राहीमैत्री वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्नु यस अस्पतालको प्रमुख प्रतिबद्धता हो।

रामेछाप अस्पतालले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा, सेवाग्राहीको सन्तुष्टि, स्वास्थ्य संस्थाबीचको समन्वय तथा निरन्तर सेवा सुधारलाई प्राथमिकतामा राख्दै जिल्लाको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने लक्ष्य लिएको छ।